images

२०८३ कार्तिक ६ गते

images
images
images

नेपाल बैंकको भदौ १ गतेदेखि लागू हुने गरी  ब्याजदर सार्वजनिक

नेपाल बैंकको भदौ १ गतेदेखि लागू हुने गरी  ब्याजदर सार्वजनिक

images
images
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौं।  नेपाल बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकले भदौमा मुद्दति निक्षेपकर्तालाई संस्थागततर्फ ४ प्रतिशत र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ६.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत, व्यक्तिगततर्फ ६.२५ प्रतिशत र रेमिट्यान्सतर्फ ७.७५ प्रतिशत ब्याज तोकेको थियो ।

    बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर तोकेको थियो ।

    images
    images

    बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ७.८८ प्रतिशत रहेकोमा घटेर ७.८७ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तोक्न सक्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend