images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सिटिजन्स सदाबहार योजनाको इकाईमा असार २७...

सिटिजन्स सदाबहार योजनाको इकाईमा असार २७ गतेसम्म आवेदन दिन सकिने

सिटिजन्स सदाबहार योजनाको इकाईमा असार २७ गतेसम्म आवेदन दिन सकिने

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं।सिटिजन्स सदाबहार योजनाको प्राथमिक निष्कासन मार्फत इकाई खरिद गर्ने अन्तिम मिति  असार २७ गते शुक्रबार साँझ ५ बजेसम्म रहेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रकम रु. पचास करोडको एसआईपी समेत गर्न सकिने प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति प्राप्त भएसँगै असार १३ गतेदेखि इकाई बिक्रिका लागि खुला भएको हो ।

    images
    images

    योजनाको इकाई खरिद गर्नका लागि आफ्नो मेरो शेयर खाता मार्फत वा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई (अर्थात प्रति इकाई रु. १० को दरले न्यूनतम रकम रु. एक हजार र अधिकतम रकम रु. पाँच करोड सम्म) खरिद आवेदन दिन सकिनेछ । यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १५.१०% हुने अनुमान गरिएको छ ।  

    सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

    images
    images

    काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने व्यवस्था कम्पनीले मिलाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend