images

२०८३ आश्विन २१ गते

images
images
images

खर्बुजाको मूल्य बढ्यो, कतिपुग्यो किलोको?

खर्बुजाको मूल्य बढ्यो, कतिपुग्यो किलोको?

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • बजारमा खर्बुजाको मूल्य बढेको छ। खर्बुजाको सिजन सकिन लागेकोले मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।‘अब खर्बुजाको सिजन सकिएको छ। त्यसैले मूल्य बढेको हो,’ उनले भने। उनका अनुसार अहिले बजारमा छिमेकी मुलुक भारतबाट खर्बुजा आइरहेको छ। स्वदेशी खर्बुजाको उत्पादन भने सकिएको छ। 

    images
    images

    गर्मीका कारण खुर्बुजाको माग भने बढी छ तर माग अनुसार आपूर्ति नहुँदा मूल्य बढेको हो। एकसातादेखि खर्बुजाकाे मूल्य बढ्न थालेकाे उनले जानकारी दिए।एक साताअघि बजारमा खर्बुजा प्रतिथाेक मूल्य ५५ देखि ६० रुपैयाँमा  बिक्री भइरहेकाे थियाे। अहिले बजारमा खर्बुजा प्रतिथाेक मूल्य ७५ देखि ८० रुपैयाँमा काराेबार भइरहेकाे छ।

    बजारमा खर्बुजाकाे थाेक मूल्य बढेसँगै उपभाेक्ता मूल्य पनि बढेकाे छ। अहिले बजारमा उपभाेक्ताले खर्बुजा प्रतिकिलाे एक सय रुपैयाँ भन्दा बढी मूल्य तिरिरहेका छन्। आगामी दिनमा अझै खर्बुजाको मूल्य बढ्ने उनको भनाइ छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend