images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • देशभर सुनचाँदी कारोबार ठप्प, सार्वजनिक...

देशभर सुनचाँदी कारोबार ठप्प, सार्वजनिक गर्न छोडियो मूल्य

देशभर सुनचाँदी कारोबार ठप्प, सार्वजनिक गर्न छोडियो मूल्य

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । देशभर सुनचाँदीको कारोबार ठप्प पारेर व्यवसायीहरू आन्दोलनमा होमिएका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत सुनमा लगाइएको विलासी कर हटाउनु पर्ने माग राख्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

    images
    images

    सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था हटाउन माग गर्दै व्यवसायीहरूले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेका थिए । उनीहरूको माग सम्बोधन नभएपछि व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

    नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्ने अधिकार पाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले पनि नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन । पछिल्लो पटक गत बिहीबार महासङ्घले मूल्य सार्वजनिक गरेकाे थियो । त्यसयता सुनचाँदीको मूल्य सार्वजनिक गरिएको छैन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend