images

२०८३ आश्विन १९ गते

images
images
images

एअर इन्डियालाई समयमै इन्जिन पार्ट्स नफेरेको र रेकर्ड फर्जी गरेको भन्दै डीजीसीएको चेतावनी

एअर इन्डियालाई समयमै इन्जिन पार्ट्स नफेरेको र रेकर्ड फर्जी गरेको भन्दै डीजीसीएको चेतावनी

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । भारतको नागरिक उड्डयन नियामक निकाय, डीजीसीए (DGCA) ले टाटा समूहअन्तर्गतको एअर इन्डिया एक्सप्रेसलाई गम्भीर सुरक्षा चूकका कारण चेतावनी दिएको खुलेको छ ।सन् २०२४ को मार्चमा पठाइएको एक गोप्य सरकारी ज्ञापनमा एअरबस A320 मा प्रयोग भएका इन्जिन पार्ट्स समयमै परिवर्तन नगरेको र रेकर्डहरु नै फर्जी गरेर निर्देशनअनुसार काम पूरा भएको देखाइएको उल्लेख छ ।

    images
    images

    यो प्रकरण युरोपेली संघको उड्डयन सुरक्षा निकाय (EASA) को निर्देशनसँग सम्बन्धित छ, जसले CFM International को LEAP-1A इन्जिनमा देखिएको ‘सम्भावित असुरक्षित अवस्था’ हटाउन केही महत्वपूर्ण कम्पोनेन्ट फेर्न निर्देशन दिएको थियो । ती पार्ट्स समयमा नफेरेमा इन्जिन फेल हुने,विमानको नियन्त्रण गुम्ने सम्भावना रहेको चेतावनी दिइएको थियो ।डीजीसीएको निरीक्षणमा एअर इन्डिया एक्सप्रेसको VT-ATD दर्ता नम्बरको विमानमा समयसीमाभित्र इन्जिन पार्ट्स परिवर्तन नभएको देखिएको थियो । झनै चिन्ताजनक कुरा एअरलाइन्सले आफ्नो AMOS (Aircraft Maintenance Operating System) सफ्टवेयरमा रेकर्ड फेरबदल गरेर काम सम्पन्न भएको देखाएको पाइएको हो ।

    एअर इन्डिया एक्सप्रेसले यो चूक स्वीकार्दै सफ्टवेयर अभिलेख स्थानान्तरणको क्रममा समयसीमा छुटेको र तुरुन्त सुधार गरिएको जनाएको छ । यद्यपि, उसले फर्जी रेकर्डको विषयमा प्रत्यक्ष जवाफ दिएको छैन ।घटनापछि एअरलाइन्सले सम्बन्धित गुणस्तर प्रबन्धकलाई पदबाट हटाएको र एअरवर्थिनेस डिपार्टमेन्टका उपप्रबन्धकलाई निलम्बन गरेको जनाएको छ ।युरोपेली संघको उड्डयन निकायले यस घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ । इन्जिन उत्पादक CFM (General Electric र Safran को संयुक्त उद्यम) तथा एअरबसले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।यो प्रकरण गत जुनमा भएको एअर इन्डियाको ड्रीमलाइनर दुर्घटनापछि आएको हो, जसमा अहमदाबादमा भएको दुर्घटनामा २४२ मध्ये २४१ यात्रुको मृत्यु भएको थियो ।

    images
    images

    गत वर्ष भारत सरकारले संसदलाई दिएको विवरणअनुसार सन् २०२३ मा मात्रै विभिन्न एअरलाइन्सले २३ पटक सुरक्षा मापदण्ड उल्लङ्घन गरेका थिए । तीमध्ये तीनवटा एअर इन्डिया एक्सप्रेस र आठवटा एअर इन्डियासम्बन्धी थिए ।एअर इन्डिया समूहलाई सन् २०२२ मा टाटा समूहले भारत सरकारबाट अधिग्रहण गरेको थियो । कम्पनीले आफूलाई विश्वस्तरीय सेवा दिने लक्ष्यसहित आक्रामक विस्तार गरिरहेको भए पनि यात्रुहरूबाट सेवा, सरसफाइ र प्राविधिक पक्षमा लगातार गुनासाहरू आइरहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend