काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार प्याजको भाउ घटेको देखाएको हो ।
आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार भइरहेको छ ।
शनिबार प्रतिकिलो न्यूनतम ४५ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार भएको प्याज शुक्रबार प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रूपैयाँमा कारोबार भएको थियो ।एक साताअघि कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४७ देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा प्याजको भाउ प्रतिकिलो ४ देखि ५ रुपैयाँसम्म घटेको छ ।१ असारमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो ।




.gif)





