images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बाफिया विधेयकबारे चाँडो निष्कर्षमा पुग्न अर्थमन्त्री...

बाफिया विधेयकबारे चाँडो निष्कर्षमा पुग्न अर्थमन्त्री पौडेलको आग्रह

बाफिया विधेयकबारे चाँडो निष्कर्षमा पुग्न अर्थमन्त्री पौडेलको आग्रह

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौं । अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन् ।शुक्रबार प्रतिनिधि सभा अन्तरगतको अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।

    images
    images

    छिटो भन्दैमा आवश्यक छलफल नै नगरी पास गर्ने भन्ने आशय आफ्नो नभएको भन्दै पर्याप्त छलफल गरेर चाँडो गर्नुपर्नेमा उनले जोड दिए ।उनका अनुसार, अर्थ समितिलाई बाफिया विधेयकलाई अघि बढाउने सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ त्यसका लागि सहयोग गर्न तयार छ ।

    ‘यो बाफियासम्बन्धि विधेयकमा हामी जुन छलफल गरिरहेका छौं । यसमा छिटोभन्दा छिटो समिति निष्कर्षमा पुगोस् भन्ने मेरो आग्रह छ । त्यसका लागि संशोधनकर्ता र समितिले जरुर सहयोग गर्नुहुन्छ भन्नेमा मेरो विश्वास छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यो विधेयकको सन्दर्भमा हामी छिटो निष्कर्षम पुगौं । छिटो भन्दाले सम्बन्धित विषयले जुन लेभलसम्मको छलफलको डिमाण्ड गर्छ त्यो तहसम्मको छलफल गरौं तर ढिला नगरौं ।’उल्लेख्य स्वामित्व भएको व्यक्तिले ऋण लिन नपाउने व्यवस्था राख्न हुँदैन भन्ने धारणा देखिएको भन्दै अर्थमन्त्रीले यसमा छलफल गरेर निर्णयमा पुग्नुपर्ने भनाइ राखे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend