images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • बजारमा 'अखाद्य' हटपट चाउचाउ, खाद्य विभागले...

बजारमा 'अखाद्य' हटपट चाउचाउ, खाद्य विभागले गरायो सचेत

बजारमा 'अखाद्य' हटपट चाउचाउ, खाद्य विभागले गरायो सचेत

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा पाइने ‘हट पट’ ब्रान्डका तयारी चाउचाउ फिर्ता गर्न आदेश दिएको छ ।विभागको बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा यो चाउचाउ न्यूनस्तरको पाइएको हो ।

    images
    images

    पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा नुडल्स प्रालिले उत्पादन गरेको ‘हट पट’ ब्राडको तयारी चाउचाउको ब्याच नम्बर १२७.यु२ को गुणस्तर उपभोग्य स्तरको नरहेको विभागको दाबी छ । उक्त चाउचाउ गत सेप्टेम्बर २०२४ मा उत्पादन गरिएको विभागले जनाएको छ । 

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले उक्त ब्याचका चाउचाउ तुरुन्त बजारबाट फिर्ता गर्न आदेशसमेत दिएको छ । साथसाथै, त्यसको बिक्री, वितरण र प्रयोगसमेत नगर्न र नगराउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

    images
    images

    विभागका खाद्य निरीक्षण अधिकारी नवराज आचार्यले एक सूचना जारी गर्दै भनेका छन्, 'उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएकाले ऐनको दफा ३८(२) बमोजिम बिक्री वितरण रोक्का गरिएको छ र सोही ब्याच नम्बरका सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गरी विवरण विभागमा पेश गर्न आदेश दिइन्छ ।'विभागले उपभोक्तालाई सचेत रहन र आफ्नो सुरक्षाका लागि उक्त उत्पादन प्रयोग नगर्न अनुरोधसमेत गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend