images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • विलासी कर खारेजीको माग गर्दै सुन...

विलासी कर खारेजीको माग गर्दै सुन व्यवसायीको प्रदर्शन

विलासी कर खारेजीको माग गर्दै सुन व्यवसायीको प्रदर्शन

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • काठमाडौं। सुन तथा हिरामा लगाइएको विलासी कर खारेजीको माग गर्दै व्यवसायीले शुक्रवार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

    images
    images

    माइतीघरमा भेला भएका सुनचाँदी तथा आभूषण व्यवसायीहरू कर खारेजीको नारा लगाउँदै बानेश्वरतर्फ अघि बढ्दै छन् ।‘सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर्न, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ ।सुन बिलासी वस्तु नभएको समेत उनीहरूको तर्क छ । सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने, व्यवसायी मैत्री नीति नियम तथा निर्देशिका निर्माण गर्नुपर्ने उनीहरूको माग छ ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार ग्रे-लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका थिए ।राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव गरेको नभई सुनको १० लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमा मात्रै हटाइएको बताए ।

    images
    images

    अर्थमन्त्रीको भनाइबाट असन्तुष्ट व्यवसायीहरू बिहीबार पनि सडकमा उत्रिएका थिए ।सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएपछि त्यसको विरोधमा व्यवसायीहरू आन्दोलित भएका हुन् ।यसअघि बजेट वक्तव्यपछि दिनहुँ जसो प्रदर्शनमा उत्रिएका व्यवसायीले अल्टिमेटम दिँदै ५ असारमा आन्दोलन स्थगित गरेका थिए ।तर, सरकारले माग पूरा नगरेको भन्दै उनीहरू पुनस् आन्दोलनमा उत्रिएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend