images

२०८३ आश्विन २० गते

images
images
images

ललितपुर महानगर पूर्णखोप सुनिश्चित पालिका घोषणा

ललितपुर महानगर पूर्णखोप सुनिश्चित पालिका घोषणा

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । ललितपुर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ खोप समन्वय समितिले महानगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको हो ।

    images
    images

    जिल्ला खोप समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ । समितिमा सदस्य सचिव एवं जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले नगर प्रमुख चिरीबाबु महर्जनलाई पूर्णखोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे ।उनले खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको बताए ।

    मेयर महर्जनले स्वास्थ्यकर्मीको निरन्तरको मिहिनेतले पलिकालाई पूर्णखोप बनाउन सकिएको बताए । आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।राष्ट्रिय खोप तालिका अनुसार, नगरका २९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्णखोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।नगरपालिकाले हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend