images

२०८३ आश्विन २० गते

images
images
images

संसदीय समितिबाट नेपाल औषधि लिमिटेडको अनुगमन

संसदीय समितिबाट नेपाल औषधि लिमिटेडको अनुगमन

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्थलगत अनुगमन गरेको हो ।

    images
    images

    अनुगमनका क्रममा औषधि लिमिटेडले देशभरिलाई पुग्ने औषधि उत्पादन गर्नसक्ने भए पनि सरकारी कार्यालयहरूले नै औषधि खरिद नगर्दा समस्या भएको भन्ने गुनासो आएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको पाइएको उनको भनाइ छ ।औषधि लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ ।

    ‘बरु निजी कम्पनीबाट किनेर सरकारी संस्थामा औषधि वितरण गरिरहेको हुन्छ । सरकारी कार्यालयहरूबाट औषधि किन्ने व्यवस्था नहुनु नै मुख्य कारण भएको गुनासो आएको छ,’ खानले भने ।अर्को कारण, जनशक्ति, प्रविधि र भौतिक संरचनाको व्यवस्था हुँदाहुँदै पनि कच्चापदार्थ ल्याउन नसक्दा ११ किसिमका औषधि मात्रै उत्पादन भइरहेको जानकारी औषधि लिमिटेडले दिएको उनको भनाइ छ ।कच्चा पदार्थको आयातमा सहजता र आर्थिक स्रोतको व्यवस्थापन सरकारले गरेको खण्डमा औषधि लिमिटेडले ९८ प्रकारका औषधि उत्पादन गर्न सक्ने जानकारी आफूहरूले पाएको उनले बताए ।

    images
    images

    जनताले औषधि नपाएको उजुरी समितिमा परेपछि पछि आफूहरू अनुगमनमा आएको समिति सभापति खानले बताए । औषधि लिमिटेडको समस्या बारेमा समितिमा छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend