images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • मनसुनजन्य रोगबाट बच्न काठमाडौं महानगरको सबै...

मनसुनजन्य रोगबाट बच्न काठमाडौं महानगरको सबै वडामा भेला

मनसुनजन्य रोगबाट बच्न काठमाडौं महानगरको सबै वडामा भेला

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • मनसुन सुरु भएसँगै मनसुनजन्य रोगहरूको जोखिम हुन्छ । यो मौसममा हुने रोगको जोखिम रोक्ने उद्देश्यले काठमाडौँ महानगरले सबै वडामा भेला राखेको छ ।शुक्रवार ३२ वटै वडाका जनप्रतिनिधि, युवा क्लब, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधिहरू सहित भेला राखेको हो ।

    images
    images

    भेलामा उनीहरु  बिचमा यो मनसुनमा फैलिने रोगहरू डेंगी, झाडापखाला र हैजाको नियन्त्रण गर्न उपाय र कार्यक्रमको बारेमा छलफल तथा जानकारी दिने काम भएको महानगरका स्वास्थ्य इन्चार्ज दिपक केसीले बताए । उनले भने, ‘ एकै दिन ३२  वडामा यस्तो भेला सम्पन्न गरेका हौ’ । भेलामा उपस्थित प्रतिनिधि मार्फत टोल टोलमा यी  रोगको विषयमा थप छलफल हुने, जानकारी दिने गतिविधि सञ्चालन हुने केसीले बताए ।

    यसको साथै यो वर्ष पनि उच्च जोखिम रहेको डेंगी संक्रमणको विषयलाई प्राथमिकताका साथ कार्य योजना निर्माण गरेको केसीले बताए । 'डेंगी नियन्त्रणको लागि कार्य योजना बनाएर सबै वडामा पठाइसकेका छौ, केही दिनदेखि नै टोल–टोलमा सर्च एण्ड डेस्ट्रोय अभियान सुरु हुन्छ’ उनले भने ।

    images
    images

    हैजा  र झाडापखाला, आउँ र टाइफाइड जस्ता पानीजन्य रोगबाट बच्नको लागि सुरक्षित पानी र खानामा ध्यान दिने जानकारी दिइसकेको  र यसको निरन्तरता हुने उनले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend