images

२०८३ आश्विन २५ गते

images
images
images

आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च भने आधा मात्रै

आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च भने आधा मात्रै

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २१ २०८१
  • सरकार पुँजीगत खर्च गर्न थप कमजोर देखिएको छ।

    images
    images

    चालु आर्थिक वर्षमा तीन खर्ब दुई अर्ब रूपैयाँ पुँजीगत खर्च छुट्याइएकोमा अहिलेसम्म ५० प्रतिशत मात्रै खर्च भएको छ। 

    महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार हालसम्म एक खर्ब ५१ अर्ब ३२ करोड रूपैयाँ यस्तो खर्च भएको छ।

    images
    images

    जबकी यो आर्थिक वर्ष सकिन अब १० दिन मात्रै बाँकी छ। आर्थिक वर्षको अन्तिम दिन भुक्तानी गर्न पाइँदैन भने एक साताअघिबाट विशेष प्रकारको मात्रै भुक्तानी हुन्छ। 

    गत वर्ष यसै अवधिमा एक खर्ब ८० अर्ब रूपैयाँ पुँजीगत खर्च भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा एक खर्ब ६० अर्ब रूपैयाँ खर्च भएको थियो।

    आगामी आर्थिक वर्षको बजेट पेस गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले यो वर्ष २ खर्ब ५३ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य राखेका थिए। 

    तर, यो वर्ष दुई खर्ब बजेट खर्च पुर्‍याउन पनि मुस्किल देखिएको छ। यता निर्माण व्यवसायीहरूले बिल पेस गरेको भुक्तानी पनि नपाएको गुनासो गरेका छन्। 

    उनीहरूका अनुसार अहिले बिल पेस गरिसकेको २५ अर्ब रूपैयाँको भुक्तानी भएको छैन। त्यस्तै काम सकेर तयार भएको बिल पनि करिब दुई अर्ब रूपैयाँ रहेको उनीहरूको दाबी छ। 

    सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँ बजेट विनियोजन गरेकोमा अहिलेसम्म १२ खर्ब ८८ अर्ब खर्च भएको छ। 

    जसमा चालु शीर्षकको खर्च नौ खर्ब ८ अर्ब पुगेको छ। त्यस्तै वित्तीय व्यस्थापन खर्च दुई खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ। 

    यो वर्ष चालु खर्च गर्नको लागि ११ खर्ब ४१ अर्ब र वित्तीय व्यवस्थापन खर्च गर्नको लागि तीन खर्ब सात अर्ब बजेट विनियोजन गरिएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend