images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • हकप्रद निष्कासनका लागि खानी खोला हाइड्रोपावरद्वारा...

हकप्रद निष्कासनका लागि खानी खोला हाइड्रोपावरद्वारा बुक क्लोज मिति तय

हकप्रद निष्कासनका लागि खानी खोला हाइड्रोपावरद्वारा बुक क्लोज मिति तय

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौं। खानी खोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि बुक क्लोज मिति तय गरेको छ।हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ अब असार २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

    images
    images

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएको छ।कम्पनीले आफ्ना सेयरधनीहरुलाई ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

    हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। यस हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।
     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend