images

२०८३ आश्विन २२ गते

images
images
images
  • बजार
  • आन्दोलनका कारण सुनचाँदीको मूल्य समेत सार्वजनिक...

आन्दोलनका कारण सुनचाँदीको मूल्य समेत सार्वजनिक हुन सकेन ।

आन्दोलनका कारण सुनचाँदीको मूल्य समेत सार्वजनिक हुन सकेन ।

images
images
आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौं, १५ असार । चालु आर्थिक वर्षको बजेटमा सुनचाँदीमा गरिएको कर प्रति असन्तुष्टि जनाउँदै देशभरका सुनचाँदी व्यवसायीहरूले आइतवारबाट आन्दोलनलाई थप चर्काएका छन्। यसैक्रममा असार १५ गते आइतवार दैनिक सुनचाँदीको मूल्य समेत सार्वजनिक गरिएको छैन।

    images
    images

    सुनचाँदी महासंघले हरेक दिन बिहान करिब १०ः३० बजे सार्वजनिक गर्ने मूल्य आइतवार रोकिनु आन्दोलनको अर्को चरणका रूपमा लिइएको छ। मूल्य निर्धारण रोकिएसँगै देशभरका पसलहरू बन्द रहेका छन्, जसका कारण बजार कारोबार पूर्ण रूपमा प्रभावित भएको छ।

    व्यवसायीहरू बजेटमा सुनमा थपिएको २ प्रतिशत विलासिता कर र गहनामा हिरा वा बहुमूल्य पत्थर जडान गर्दा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट को विरोधमा छन्। उनीहरूले सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग राख्दै आएका छन्।
    व्यवसायीहरूले चेतावनी दिएका छन् कि माग सम्बोधन नभए अझ कठोर आन्दोलनका कार्यक्रमहरू अघि सारिनेछ। आन्दोलनका कारण ग्राहकहरू अलमलमा परेका छन् भने विवाह–व्रतबन्ध लगायतका कार्यका लागि गहना खरिद गर्न चाहने उपभोक्ता प्रभावित भएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend