images

२०८३ आश्विन १८ गते

images
images
images

मनसुन सुरु भएसगै धान रोपाइँ देशभर

मनसुन सुरु भएसगै धान रोपाइँ देशभर

images
images
शनिवार, आषाढ १४ २०८२
शनिवार, आषाढ १४ २०८२
  • काठमाडौँ, १४ असारः समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गते सम्म सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । 

    images
    images

    कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धानको भण्डारको रुपमा परिचित मधेश प्रदेशमा भने सबै भन्दा कम अर्थात् आठ दशमलव दुई प्रतिशत मात्रै धान रोपाइँ भएको छ । 

    यसैगरी कोशी प्रदेशमा १३ दशमलव सात प्रतिशत, वाग्मतीमा १९ दशमलव छ प्रतिशत, लुम्बिनीमा १८ दशमलव पाँच प्रतिशत धान रोपाइँ भएको छ ।  त्यस्तै, गण्डकी प्रदेशमा १२ दशमलव चार प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । 
     
    सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ सहज रुपमा रासायनिक मल उपलब्ध गराउने र उन्नत बीउको प्रबन्ध गरेको छ । सयममै मनसुन समेत शुरु भएकाले यस बर्ष उल्लेख्य रुपमा धान खेती हुने अपेक्षा गरिएको छ ।

    images
    images

    नेपालमा करिब १४ लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा धान खेती गरिन्छ । देशभरका ७७ जिल्ला मध्ये ७५ जिल्लामा धान खेती हुने गरेको छ । कुल खेतीयोग्य जमिनको करिब ५० प्रतिशत क्षेत्रमा धान खेती गरिने तथ्यांक छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend