काठमाडौँः पसल बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।
आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेका हुन् ।
न्युरोड लगायका स्थानहरुमा सुनचाँदी पसल बन्द रहेको छ । विनयोजन विधेयक पास हुँदा पनि आफूहरुको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरुको भनाइ छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याए सँगै व्यवसायीहरुले आन्दोलन शुरु गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए सँगै उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।




.gif)





