images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • सन‍्‍राइज सेक्युरिटिजले सुरु गर्‍यो औपचारिक सेयर...

सन‍्‍राइज सेक्युरिटिजले सुरु गर्‍यो औपचारिक सेयर कारोबार

सन‍्‍राइज सेक्युरिटिजले सुरु गर्‍यो औपचारिक सेयर कारोबार

images
images
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन सुरु गरेको छ ।

    images
    images

    बुधबार एक समारोहका बिच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार औपचारिक रूपमा सञ्चालन गरेको हो ।

    उक्त कार्यक्रममा शुभकामना उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे ।

    images
    images

    उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा सन्राइज सेक्युरिटिज लिमिटेडले सफलता पाउन सकोस् भनी कामना गरे ।

    सोही कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।

    साथै सनराइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरिय रूपमा एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्न सकिने जानकारी दिए ।

    गैह्रिधारा–२, काठमाडौंमा केन्द्रिय कार्यालय रहेको सो कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रूपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend