images

२०८३ आश्विन १९ गते

images
images
images

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

images
images
शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौँः मुस्ताङ,बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिना सम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

    images
    images

    उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गते देखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिनुभयो। उहाँका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो साता देखि उडान पुनः सञ्चालन गर्नेछ ।

    समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्ता पछि २ महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिनुभयो ।

    images
    images

    जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भए सँगै हवाई यात्रु घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा–जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केही दिनमा स्थगित गर्ने जनाएको बताउनुभयो ।

    बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend