images

२०८३ कार्तिक ६ गते

images
images
images

नेशनल लघुवित्तले एक बर्षमा कमायो ३४ करोड ९ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो ?

नेशनल लघुवित्तले एक बर्षमा कमायो ३४ करोड ९ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो ?

images
images
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    images
    images

    कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवमा कम्पनीले २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवमा बढेर ३४ करोड ९ लाख रुपैयाँ पुगेको हो । खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५७.८८ प्रतिशत वृद्धि भएको छ । 

    गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५१ प्रतिशत र खुद ब्याज आम्दानी ७५ प्रतिशत वृद्धि भएको छ । 

    images
    images

    गत आवमा कम्पनीको वितरणयोग्य नाफा भने घटेको छ । अघिल्लो आवमा ३० करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको वितरणयोग्य नाफा गत आवमा २८ करोड ११ लाख रुपैयाँ छ ।

    कम्पनीको चुक्ता पूँजी १ अर्ब १६ करोड रुपैयाँ छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा २८ करोड ११ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी सञ्चिति गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend