images

२०८३ आश्विन २३ गते

images
images
images

ठूलो परिमाणमा सुनसहित दुई जना नियन्त्रणमा

ठूलो परिमाणमा सुनसहित दुई जना नियन्त्रणमा

images
images
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौँः कास्की पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीबाट करिब ८२ तोला १६ लाल बराबरका विभिन्न किसिमका सुनका गरगहना सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

    images
    images

    पक्राउ पर्नेहरूमा भारत न्यू प्रताप नगर जिटि रोड अमृतसर–१ पन्जाब घर भएका ४९ वर्षीय कुलदिप सिंह र रूपन्देही तिलोत्तमा नगरपालिका–१६ पूर्वबहिया घर भएका ४७ वर्षीय राम बहादुर विक रहेका छन्। 

    पोखराका विभिन्न स्थानहरूमा अवैध रूपमा विक्री वितरणका लागि सुन ल्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुटबलतर्फ जाँदै गरेको माईक्रो बसमा सवार उनीहरूलाई सुनको गरगहना सहित फेला पारी पक्राउ गरेको हो। 

    images
    images

    उनीहरूको साथबाट सुनको ढिक्का, सिक्री २९ थान, दानावाला माला १ थान, पथ्थर जडित र हिरा जडित औंठी ५७ थान, कानमा लगाउने जुली ३ सय २४ थान, मंगलसुत्र १७ थान, लकेट ९९ थान, कालो र रातो माला सहितका पोते १९ थान र झुम्का बरामद भएको छ। 

    उनीहरूलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend