images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • तस्करीमा संलग्न रोका पक्राउ, अनुसन्धानमा नयाँ...

तस्करीमा संलग्न रोका पक्राउ, अनुसन्धानमा नयाँ तथ्य खुल्ने आशा

तस्करीमा संलग्न रोका पक्राउ, अनुसन्धानमा नयाँ तथ्य खुल्ने आशा

images
images
शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौँः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ । निज रोकालाई सीआइबीको टोलीले काठमाडौँबाट आज पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोका ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् ।
     
    आज हाम्रो टोलीले पक्राउ गरेको छ । उनी पक्राउ परेका बारेमा हामी प्रेस विज्ञप्ति निकाल्ने तयारीमा छौँ ।” राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । पक्राउ परेकी रोका उक्त ६१ किलो सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती भएको र काठमाडौँको ठमेलस्थित होटेल भियना उहाँको नाममा दर्ता भएको बताइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend