images

२०८३ आश्विन २२ गते

images
images
images

बजारमा सुन र चाँदीको भाउ घट्यो

बजारमा सुन र चाँदीको भाउ घट्यो

images
images
शुक्रवार, आषाढ ६ २०८२
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौँः बजारमा विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबार देखि सामान्य गिरावट आएको छ।

    images
    images

    बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४ सय रुपैयाँ र चाँदीमा २५ रुपैयाँले घटेकामा आज पनि क्रमशः दुवै ८ सय रुपैयाँ र ५० रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९४ हाजर ७०० रुपैयाँ र सोही परिमाणको चाँदीको मोल दुई हजार १५० रुपैयाँ निर्धारण भएको छ।

    images
    images

    बिहीबार प्रतितोला सुन एक लाख ९५ हजार ५०० र चाँदी दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend