काठमाडौंः असार ३, आज मंगलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सोमवार प्रतितोला १ लाख ९७ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार २ हजार ५ सयले घटेर तोलामा १ लाख ९५ हजारमा कायम भएको हो ।
त्यस्तै, मंगलवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । सोमवार तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार घटेर २ हजार १६० मा कायम भएको छ ।




.gif)





