काठमाडौं । बजारमा गोलभेँडको मूल्यमा गिरावट आएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार २ दिनमा गोलभेँडाको भाउ २९ प्रतिशतले घटेको छ ।कालीमाटी बजारको तथ्यांक हेर्दा २ दिनमा गोलभेँडाको भाउमा प्रतिकिलो ३१ रुपैयाँको गिरावट आएको छ ।
गत शनिबार प्रतिकिलो ७० रुपैयाँमा कारोबार भएको नेपाली गोलभेँडाको मूल्य बढेर बुधबार १ सय ४ रुपैयाँसम्म पुगेको थियो । अहिले लगातार २ दिनमा गोलभेँडाको मूल्यमा गिरावट आएको हो ।बुधबार प्रतिकिलो १०४ रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा र भारतीय ठूलो गोलभेँडाको मूल्य आज शुक्रबार ७३ रुपैयाँ कायम भएको छ ।
यस्तै लोकल गोलभेँडाको मूल्य पनि २ दिनमा प्रतिकिलो २१ रुपैयाँले घटेर ५४ रुपैयाँममा कारोबार भइरहेको छ ।टनेलको सानो गोलभेँडाको मूल्य २ दिनमा प्रतिकिलो २१ रुपैयाँले घटेर ६५ रुपैयाँ कायम छ ।




.gif)





