सिरहाः सुनचाँदी व्यवसायी महासंघले विभिन्न माग राखी दुई दिनका लागि सुन पसलहरू बन्द गरेका छन्।
सुनमा लगाइएका २ प्रतिशत विलासिता कर, बहुमूल्य हिरा पत्थरमा लगाइएका १३ प्रतिशत भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियम बनाउनुपर्ने लगायतका माग प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई पठाएका छन्।
व्यवसायी महासंघका केन्द्रीय सदस्य विकास सारदाले भने, ‘सिरहा, लहान, गोलबजारका बजार समिति सहित पुगेर आफ्ना मागहरू सीडीओ विश्वप्रकाश अर्याल मार्फत सरकारलाई पठाएका छौँ। माग पूरा नभए थप आन्दोलन हुन्छ।’ बिहीबार र शुक्रबार सम्पूर्ण सुनचाँदी पसल बन्द गरेको उनले बताएका छन्।




.gif)





