images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • चौथो त्रैमाससम्ममा एनएमबि लघुवित्त ५ करोड...

चौथो त्रैमाससम्ममा एनएमबि लघुवित्त ५ करोड ३३ लाख रुपैयाँ नोक्सानमा, ईपीएस पनि ऋणात्मक

चौथो त्रैमाससम्ममा एनएमबि लघुवित्त ५ करोड ३३ लाख रुपैयाँ नोक्सानमा, ईपीएस पनि ऋणात्मक

images
images
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

    images
    images

    समीक्षा वर्षमा संस्थाले ५ करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि संस्थाले ४ करोड ६१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

    समीक्षा वर्षमा संस्थाको खुद ब्याज आम्दानी २६ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ३२ करोड ८२ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १८.०८ प्रतिशतले कम हो।

    images
    images

    चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड ५ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १९ करोड २४ लाख रुपैयाँ छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ५५ लाख ५४ हजार रुपैयाँले ऋणात्मक रहेको थियो भने रिजर्भमा २० करोड ७९ लाख रुपैयाँ थियो।

    संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ६.३५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ९.५४ प्रतिशत थियो।

    समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) ७.४० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस ६.३९ रुपैयाँले ऋणात्मक थियो। संस्थाको प्रतिशेयर नेटवर्थ १२९.७९ रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend