images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान,...

संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान, सुमेरु सहकारीको बचत हिनामिना गरेको आरोप ।

संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान, सुमेरु सहकारीको बचत हिनामिना गरेको आरोप ।

images
images
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले  सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग सोधपुछ गरेको छ ।

    images
    images

    सोमबार बसेको समितिको बैठकमा विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये  सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका सेयर सदस्य राजबहादुर सिंहसँग सोधपुछ गरेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए । 

    सोधपुछका क्रममा शाहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन् ।

    images
    images

    राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ हुन् । बयानका क्रममा उनले आफूले पहिलो पटक यस्तो बयान दिएको पनि बताएका थिए ।

    प्रकाशित मिति – श्रावण २८ २०८१ सोमवार 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend