images

२०८३ आश्विन १९ गते

images
images
images

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभाव

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित वृन्दावन सामुदायिक (छाडा) चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभावले बायोग्यास प्लान्ट निर्माणको कार्य हुन सकेको छैन।व्यवस्थापन केन्द्रमा संरक्षण गरेर राखिएका ३०० गाईलगायत चौपायाबाट निस्कने मलमूत्रको प्रयोग गरी बायोग्यासको प्लान्ट निर्माण गर्ने योजना अघि सारिए पनि बजेट नहुँदा बन्न सकेको छैन। ‘बायोग्यास प्लान्टसँगै गँड्यौला राखेर प्राङ्गारिक मल उत्पादन गरी किसानलाई सहज मूल्यमा उपलब्ध गराउने योजना अघि सारेका थियौँ,’ वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, ‘बजेट अभावले बन्न सकेको छैन, व्यवस्थापन केन्द्रमा रहेका चौपायाको मल एकातर्फ र मूत्र अर्कोतर्फ जम्मा हुनेगरी निर्माण हुने संरचना निर्माण गर्न सकेका छैनौँ।’

    images
    images

    उनका अनुसार व्यवस्थापन केन्द्र नजिकै किरियापुत्री घर निर्माण गर्ने योजना रहेको छ। ‘गाईको गोबर, गहुँत सहजै उपलब्ध हुने र नजिकै नदी भएकाले किरिया पुत्रीलाई सहजता हुन्छ, त्यही भएर किरियापुत्री घर निर्माण गर्ने योजना बनाएका छौँ, यसका लागि प्रदेश र सङ्घीय सरकारलाई गुहार्छौं’, उनले भने।नदीले व्यवस्थापन केन्द्रको जग्गा बर्सेनि भू–क्षय गरी बगाउँदै आएकाले भरपर्दो तटबन्धको आवश्यकता भएको उनले उल्लेख गरे। नगरपालिकाबाट प्रत्येक वर्ष विनियोजन हुने रु ३० लाख बजेट व्यवस्थापन केन्द्रमा राखिएका चौपायाको दानापानी, पराल, ब्रान, नुनसँगै गौसेवकको तलबमै बजेट सिद्धिने गरेको उनी बताउँछन्। 
    केन्द्रमा आठजना गौसेवक कार्यरत रहेका छन्। व्यवस्थापन केन्द्रमा रु तीन करोड ५० लाखका सङ्घीय र प्रदेश सरकारको सहयोगमा भौतिक संरचना निर्माण गरिएका छन्। चारवटा पक्की गाईलगायतका चौपाया बाँध्ने गोठ, दुईवटा चारोलगायत सामग्री राख्नका लागि निर्माण गरिएका गोदाम घर, एक आवाससहितको कार्यालय भवन, समरसेल, स्यालो ट्युबेल जडान गरिएको छ।

    योसँगै पाँचवटा अटोजन नल्का, चारवटा सौर्यबत्ती, दुईवटा सिसी क्यामेरा र डेढ किलोमिटर क्षेत्रमा तारवार जडानको कार्य गरिएको छ।माछापोखरी निर्माण गरी माछापालनको कार्यसमेत गरिएको छ। चौपाया व्यवस्थापन केन्द्रलाई कृषि र पशुपालनको नमूना क्षेत्रका रूपमा विकसित गरी पर्यापर्यटनसँग जोड्नुपर्ने समाजसेवी हबलदार चौधरी बताउँछन्।‘व्यवस्थापन केन्द्र नजिकै पुरैना ताल छ’, उनले भने, ‘व्यवस्थापन केन्द्र अवलोकन गर्न आउने आगन्तुकलाई घुमाउन सकिन्छ, यसका लागि डीपीआर निर्माण गरी योजनाबद्ध रूपमा कार्य अगाडि बढाउन आवश्यक छ।’ पालिका र प्रदेश सरकाले समन्वय गरी कार्य अगाडि बढाउनुपर्ने सुझाव उनको छ।सामुदायिक चौपाया व्यवस्थापन केन्द्र पाँच हेक्टर जग्गामा फैलिएको छ। गौशालामा रहेका चौपायालाई खुवाउनका लागि १० कट्ठा जग्गामा घाँसखेती गरिएको छ। रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend