images

२०८३ आश्विन २२ गते

images
images
images

गोलभेँडाको मूल्य बढ्यो, किलोको कति ?

गोलभेँडाको मूल्य बढ्यो, किलोको कति ?

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  •  काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार गोलभेँडाको मूल्य बढेको देखाएको हो ।कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेको छ ।

    images
    images

    सोमबार प्रतिकिलो ८५ रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा आज १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै लोकल गालभेँडाको मूल्य पनि प्रतिकिलो १३ रुपैयाँले बढेको छ ।आज लोकल गोलभेँडा प्रतिकिलो ७८ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार भने लोकल गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।

    टनेलको सानो गोलभेँडाको मूल्य आज प्रतिकिलो ८ रुपैयाँले बढेर ८८ रुपैयाँमा किनबेच भइरहेको छ ।यस्तै भारतीय ठूलो गोलभेँडा आज प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend