काठमाडौं । बजारमा लसुनको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले चिनियाँ लसुनको मूल्य घटेको देखाएको छ ।६ दिनको अवधिमा चिनियाँ लसुनको मूल्य प्रतिकिलो ५० रुपैयाँ घटेको छ । २० जेठमा २ सय ६० रुपैयाँ किलोमा किनबेच भएको चिनियाँ लसुन आज सोमबार २ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै नेपाली लसुन भने प्रतिकिलो १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) अवधिमा नेपालमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात भएको छ ।
यातित लसुनमध्ये ६ अर्ब ५० करोड २३ लाख २० हजार रुपैयाँको ४ करोड ९३ लाख २७ हजार ३ सय ६७ किलो लसुन चीनबाट मात्रै आयात भएको छ ।नेपालमा पछिल्लो समय लसुन आयात अस्वाभाविक भएको तथ्यांकले देखाउँछ । धेरै परिमाण आयात हुँदा पनि चाइनिज लसुनको भाउ खासै घटेको देखिँदैन ।




.gif)





