images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • तीन लाख किम्बुका बेर्ना बिक्री गर्दै...

तीन लाख किम्बुका बेर्ना बिक्री गर्दै व्यवसायायिक किट फर्म

तीन लाख किम्बुका बेर्ना बिक्री गर्दै व्यवसायायिक किट फर्म

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • चितवन– व्यावसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ। फर्मले आफ्नै १ दशमलब ५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो।र्मका प्रमुख सुरुची त्रिपाठीका अनुसार अहिले तीन लाख बढी बिरुवा बिक्रीका लागि नर्सरीमा तयारी अवस्थामा रहेका छन्।यसमध्ये २० हजार बिरुवाको खरिदका लागि किसानले आवेदन दिइसकेका छन्। गत वर्ष कार्यालयले तीन लाख ५० हजार बिरुवा उत्पादन गरेर दुई लाख ५० हजार बिक्री गरेको थियो।

    images
    images

    किम्बुको बिरुवा सार्नका लागि अवको समय उत्तम भएकाले किसानले बिरुवाको माग लिएर आउन थालेको उनले बताइन्। फर्मले बिरुवाको प्रतिगोटा ५ मा बिक्री गर्दै आएको छ।रेशमखेती गर्ने किसान विस्थापित भएसँगै यहाँको बिरुवा डाले घाँसको रुपमा बिक्री गरिँदै आएको छ। उनले भनिन्,‘रेशमखेती गर्ने किसान विस्तापित भएपछि अहिले घाँसेबालीका रुपमा यसलाई बिक्री गरिरहेका छौँ।’

    उत्पादित किम्बुका बिरुवा चितवनसहित मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौँ, नवलपरासी, बागलुङ, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा बिक्री गरिने गरिएको छ। अहिले जिल्लामा रेशमखेती गर्ने किसान छैनन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend