images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • विकास हाइड्रोको पहिलो चरणको आईपीओमा आवेदन...

विकास हाइड्रोको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकास हाइड्रोको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं- विकास हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

    images
    images

    जसमध्ये कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्रथम चरणमा निष्कासन गरेको छ।आयोजना प्रभावितलाई छुट्याइएको सेयरमध्ये अति प्रभावित क्षेत्र अर्थात् गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ र ५ मा स्थायी बसोबास गर्नेका लागि ४० प्रतिशत अर्थात् ३ लाख ६३ हजार ६४० कित्ता र प्रभावित क्षेत्र सोही गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ मा स्थायी बसोबास गर्नेका लागि ६० प्रतिशत अर्थात् ५ लाख ४५ हजार ४६१ कित्ता छुट्याइएको छ।

    यसमा आवेदकले घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि बाँकी रहने ३५ लाख ४५ हजार ४९५ कित्ता सेयरमध्ये ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्नेछ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend