images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन...

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ।मागबमोजिम आवेदन नपरेकोले म्याद थप गर्नुपरेको धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ। सन नेपाल लाइफको हकप्रदमा आवेदन दिने समय आज जेठ १९ गतेका लागि तय भएकोमा म्याद थपपछि यो हकप्रदमा असार ३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

    images
    images

    कम्पनीले गत वैशाख ३० गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात हाल कायम १ः०.२७ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।

    कम्पनीका सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।हकप्रद सेयर जारी गर्न कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेकोले वैशाख ४ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend