images

२०८३ आश्विन १६ गते

images
images
images

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • काठमाडौं- नेपाली बजारमा अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघ चितवनबाट लोड भएर देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो ।संघले १७ गते (शनिबार)देखि लागु हुनेगरी एक्सएल अण्डाको मूल्य प्रतिक्रेड १५ रुपैयाँ बढाएर ४८० रुपैयाँ पुर्‍याएको छ । एक्सएल अण्डाको मूल्य प्रतिक्रेड ४६५ रुपैयाँ थियो । ठूलो अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएर ४६५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४५० रुपैयाँ थियो ।

    images
    images

    त्यस्तै, मिडियम अण्डाको मूल्य भने प्रतिक्रेट १० रुपैयाँ बढाइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४२५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले बताए ।

    त्यसैगरी चितवनबाट लोड भइ देशैभरीको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । यही अनुरुप हाल बजारमा पाउँदै आएको अण्डाको मूल्य बढ्ने उनले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend