images

२०८३ आश्विन २० गते

images
images
images

तरबुजा खेतीबाट डेढ लाखसम्म आम्दानी

तरबुजा खेतीबाट डेढ लाखसम्म आम्दानी

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • बगरमा फल्ने चिसो फलका रुपमा रहेको तरबुजा उत्पादन गरी कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– १० धनकौली गाउँका कृषकले मनग्गे आम्दानी गरेका छन् ।धनकौलीको मोतिनगर, गगनी र हर्दासडिहवा लगायतका गाउँका सय बढी कृषकहरूले बाणगंगा नदीको निख्खर जमिनमा र तरबुजा र खरबुजा उत्पादन गरी राम्रो आम्दानी गर्ने गरेका छन् । उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका छन् ।  नदीको निख्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमुनाका रुपमा उनीहरुले उक्त चिसो फल उत्पादन गरी ५० हजार देखि डेढ लाख बढी आम्दानी गरेका हुन । 

    images
    images

    कृषकहरूले ३ देखि १० कठ्ठा सम्म खरबुजा लगाएका छन् ।  बैशाख दोस्रो साता देखि कृषकहरूले खरबुजा बेच्न सुरु गरेका हुन । सोही वडाको देवपुराका कृषक बहराईची केवटले सोही वडामा रहेको सानो चेत्रादेई गाउँमा रहेको १० कठ्ठा खेतमा महेन्द्रा जातको तरबुजा फलाएर राम्रो आम्दानी गरेका हुन । नदीको बगरमा तरबुजा खेती गर्ने गरिएमा उनले दोश्रो बर्ष खेतमा तरबुजा लगाएका हुन । खेतमा उत्पादन भएको तरबुजा उनले छिमेकी जिल्ला अर्घाखाँची र कपिलवस्तुमा बेचेका छन् । उनले अहिले सम्म ७० क्युन्टल बढी तरबुजा बिक्री गरी डेढ लाख बढी आम्दानी गरेका बताए ।  बिउ जोताई र सिचाई गरी २५ हजार बढी लगानी गरेको उनले तरबुजा खेतीबाट सन्तुष्ट भएको बताए । उनले गत बर्ष भन्दा उत्पादन कम भए पनि मूल्य भने यस बर्ष राम्रो पाएको बताए । यस बर्ष २० देखि २३ रुपैयाँ सम्म प्रति किलोका दरले बिक्री गरेका छन् ।

    तरकारी खेतीलाई मुख्य पेश बनाएका बहराईचीले भारतीय तरबुजा आयत भएकाले केही भने असर परेको बताए । कपिलवस्तु नगरपालिका– ३ शिव गढका कृषक राहीत चौहानले यस बर्ष ६ कट्ठामा लगाएको तरबुजाबाट ५० हजार आम्दानी गरेको बताए । ५ कट्ठामा खरबुजा लगाएका मोतिनगरका कृषक रमेश केवटले बैशाख दोस्रो साताबाट तौलिहवा बजारमा खरबुजा बेच्न सुरु गरेको बताए । उनले यस बर्ष खरबुजा बेचेर यस बर्ष ८० हजार आम्दानी हुने बताए । हरेक बर्ष तरबुजा बेचर १ लाख बर्ष आम्दानी गर्दै  आएका उनले तरबुजा खेती आफूलाई फापेको बताए । यस बर्ष २५ देखि ३० रुपैयाँ सम्म मूल्य पाएको उनले बताए ।अर्का कृषक दिनानाथ केवटले यस बर्ष तरबुजाबाट ५० हजार आम्दानी हुने बताए ।  बैशाख जेठको प्रचण्ड गर्मीको बावजुत बालुवाको तापमा राेपिँदै यतिखेर माग बढी भएकाले फल र तरकारीको स्याहारमा जुटेका केवटले बताए । ‘ सिँचाइको सुविधा हुन सके आम्दानी अझ बढने थियो । ’ उनले भने । २ बिघामा बगरे खेती गरेको अर्को कृषक बुद्धु केवटले यस बर्षे एक लाख मात्र आम्दानी भएको बताए । भारतीय तरबुजा जिल्लामा आएकाले यहाँका स्थानीय कृषकहरूले उत्पादन गरेको तरबुजाको भाउमा केही असर गरेको  कृषकहरू बताउँछन् ।

    images
    images

    माधुरी ६४ जातको खरबुजा एक कट्ठामा नै १५ क्युन्ट बढी उत्पादन हुने कृषकहरु बताउँछन् । यहाँ एक देखि १० किलो सम्मको तरबुजा उत्पादन भएका छन् । उनीहरुद्धारा उत्पादित तरबुजा अहिले कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने ४ दर्जन हाटबजारको प्रमुख आकर्षण बनेको छ ।यस्तै यहाँका तरबुजा र खरबुजा अर्घाखाँची बुटवल लगायतका स्थानका जाने गरेको छ । अहिले बजारमा तरबुजा प्रति केजी २५ देखि ३० रुपैयाँसम्म बिक्री भइरहेको छ । तरबुजा खरिद गर्न बुटवल, भैरहवा, अर्घाखाँची सम्मका व्यापारीहरू खेतमै आउने गरेका छन् । स्थानीय कृषक पुर्सराम केवटले खेतमा फलेका तरबुजात तर्फ इसारा गर्दै भने ‘ व्यापारीहरू गाडी लिएर खेत मै माल किन्न आउँछन्, बिक्रीका लागि कुनै समस्या छैन।,’बढ्दै गएको गर्मीसँगै स्थानीय बजारमा चिसो फल र तरकारीको माग बढेकाले आफ्नो उत्पादन बजार सम्म पुर्‍याउन किसानहरू व्यस्त देखिन्छन् । सो फलसँगै उनीहरुले त्यहाँ काँक्रो, तरकारी उत्पादन समेत गरेका छन् । जिल्लामा ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  यहाँ माधुरी ६४ आस्था, महेन्द्रा र मधुवाला जातका तरबुजा उत्पादन हुने गरेको छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend