काठमाडौँ।मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९र८० को तुलनामा ६०।८५ प्रतिशतले बढेको छ ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षमा ४ करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६०.८५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्ष खुद नाफा २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि ५६.०२ प्रतिशतले बढेर १४ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो वर्ष खुद ब्याज आम्दानी ९ करोड ४४ लाख ७६ हजार रुपैयाँ थियो । कम्पनीको कर्मचारी खर्च ४.८९ प्रतिशतले बढेर ६ करोड ३९ लाख र अन्य सञ्चालन खर्च ३८.९६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै,कम्पनीको सञ्चालन नाफामा ३०२६.६५ प्रतिशतको भारी वृद्धि भएको छ । गत वर्ष कम्पनीले ५ करोड ९३ लाख ७५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा १८ लाख ९९ हजार रुपैयाँ थियो ।
गत असारसम्म कम्पनीको कुल सञ्चालन आम्दानी ३८.६६ प्रतिशतले बढेर १८ करोड ८० लाख ५७ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष १३ करोड ५६ लाख २१ हजार रुपैयाँ मात्रै थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० २४ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २२ पैसा छ ।
गत असारसम्म कम्पनीको खराब कर्जा १.३९ प्रतिशतले घटेर ३.३९ प्रतिशतमा झरेको छ ।




.gif)





