images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • रिलायबल नेपाल लाइफले बोलायो आठौं वार्षिक...

रिलायबल नेपाल लाइफले बोलायो आठौं वार्षिक साधारणसभा

रिलायबल नेपाल लाइफले बोलायो आठौं वार्षिक साधारणसभा

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं। रिलायबल नेपाल लाइफ लिमिटेडले आफ्नो आठौं वार्षिक साधारणसभा बोलाउने भएको छ ।कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । सभा असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ २५ गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend