images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • अर्थमन्त्री पौडेलले बोलाए गभर्नर छनोट सिफारिस...

अर्थमन्त्री पौडेलले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

अर्थमन्त्री पौडेलले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं ।   नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिस समितिको बैठक बोलाइएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ४ बस्ने गरी समितिको बैठक बोलाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।  छनोट सिफारिस समितिको संयोजक अर्थमन्त्री पौडेल छन् भने समितिका सदस्यमा पूर्व गभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे छन् । यस अगाडि गभर्नर छनोट समितिको सदस्यबाट विजयनाथ भट्टराई र  विश्व पौडेलले राजीनामा दिएपछि समिति पुनर्गठन गरिएको हो।

    images
    images

    यता कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। सिफारिस समितिको बैठक बोलाइएकाले आजको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति हुने सम्भावना रहेको छ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ सकिएको थियो। अधिकारीलाई सरकारले २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो।

    गभर्नरको बन्नका लागि हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्र मध्ये एक जनाको सिफारिस हुनेछ। ३ जनाको नाम सिफारिस हुँदा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने भएकोले उनीहरू २ जनामध्ये एउटाको नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ। सिफारिस भएका ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend