images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • नेरुडे मिर्मिरे लघुवित्तको १८ औं वार्षिक...

नेरुडे मिर्मिरे लघुवित्तको १८ औं वार्षिक साधारणसभा सम्पन्न

नेरुडे मिर्मिरे लघुवित्तको १८ औं वार्षिक साधारणसभा सम्पन्न

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं।  नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मणिकुमार अर्ज्यालको अध्यक्षतामा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

    images
    images

    सभाले लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरुमाथि छलफलगरी पारित समेत गरेको छ । साथै सभाले साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था को मिति २०८०/११/२९ गते सम्मको लेखा परीक्षकको प्रतिवेदन लगायत विवरण तथा लेखा सम्बन्धि नीतिहरु समेत पारित गरेको छ ।

    सभामा आर्थिक वर्ष २०८१/८२ को लागि संस्थाको लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुुक्ति तथा पारिश्रमिक समेत तोकेको छ । साथै विशेष प्रस्तावअन्तर्गत संस्थाको कर्पोरेट कार्यालय सार्ने सम्बन्धमा संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन तथा अन्य कुनै नियामक निकायहरुबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिमको नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी समेत दिएको छ ।

    images
    images

    सभाले वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहका ३ जनाको लागि मणिकुमार अर्ज्याल, सन्तोष फुयल, टेक बहादुर बोहरा चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहका ३ जना सञ्चालकहरु सुधीर कुमार श्रेष्ठ, सञ्जू घिमिरे र राजकुमार राई निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend