images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रिएपछि संसद्‌मा...

प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रिएपछि संसद्‌मा प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रिएपछि संसद्‌मा प्रश्नोत्तर कार्यक्रम स्थगित

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएको छ । उनको स्वास्थ्यमा समस्या आएसँगै आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने भएका छन् ।जसका कारण उनले सांसदहरुको प्रश्नको जवाफ दिन सक्ने छैनन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने बताए ।

    images
    images

    बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओली आज उपस्थित नभएसँगै अर्को दिन तोकेर प्रश्नोत्तर हुनेछ । ओलीको स्वास्थ्य बिग्रिएका कारण सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट र मन्त्रिपरिषद्को बैठकसमेत स्थगित भएको जनाइएको छ । 

    यद्यपि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्नका लागि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक गभर्नरको टुंगो नलागेकाले बैठक नै स्थगित गर्नुपरेको पनि बताइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend