काठमाडौं । एभरेष्ट बैङ्कले आफ्नो शाखा विस्तारको क्रममा सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ ।यो शाखासँगै बागमती प्रदेशमा बैङ्कको शाखा सङ्ख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिन सक्ने विश्वास बैङ्कले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैङ्कका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रूपमा शाखा उद्घाटन गरेका थिए ।उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बैङ्कको उपस्थितिसँगै बैङ्कले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास व्यक्त गरे ।




.gif)





