images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • नबिल बैंकको ‘नबिल लाइफटाइम नि:शुल्क क्रेडिट...

नबिल बैंकको ‘नबिल लाइफटाइम नि:शुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

नबिल बैंकको ‘नबिल लाइफटाइम नि:शुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडाैं । नेपालको निजि क्षेत्रको अग्रणी बैंकको रूपमा स्थापित गर्न सफल नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकहरूको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद असार मसान्तसम्म थप गरिएको बैंकले जनाएको छ । यो सँगै नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्त सम्म लागू हुनेछ ।

    images
    images

    यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् ।

    यो योजनाले आधुनिक बैंकिङलाई प्रवद्र्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेकोे छ । ‘Buy now, pay later’ मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शुन्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले नबिल बैंंकको शाखामा गइ यसबारे थप जानकारी लिन तथा लाइफटाइम निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । साथै https://nbankhome.nabilbank.com/digital-form/credit-card मा गइ अनलाइनमार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ ।

    images
    images

    निजी क्षेत्रको अग्रणी बैंकको रूपमा स्थापित बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend