काठमाडौं । स्थानीय बजारमा भारतीय सुन्तलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले भारतीय सुन्तलाको मूल्य बढेको देखाएको हो ।
समितिको तथ्यांक अनुसार शुक्रबार कालीमाटी बजारमा भारतीय सुन्तलाको मूल्य थोकमा प्रतिकिलो अधिकतम १ सय ५० रुपैयाँ छ । औसतमा यसको मूल्य किलोको १ सय ३३ रुपैयाँ ३३ पैसा छ ।हिजो बिहीबार भारतीय सुन्तला प्रतिकिलो अधिकतम १ सय ४० रुपैयाँ र औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
गत वर्ष फागुनमा भारतीय सुन्तलाको भाउ प्रतिकिलो अधिकतम १ सय २० रुपैयाँ र औसतमा १ सय १७ रुपैयाँमा थियो ।नेपाली सुन्तलाको सिजन सकिएपछि बजारमा भारतीय सुन्तला भित्रिएको थियो ।




.gif)





