काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो ।
यसअघि बुधवार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।




.gif)



