images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न...

शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल

शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफलमा बोल्दै उनले शिक्षकका सम्पूर्ण माग पूरा गर्दा साधारण खर्च अत्यधिक बढ्ने भन्दै सावधानीपूर्वक प्राथमिकता निर्धारण गर्नुपर्ने बताए।

    images
    images

    ‘शिक्षामा आवश्यक सुधारहरू सहमतिको आधारमा भइरहेका छन् तर हरेक माग बजेटले धान्न सक्ने अवस्थामा छैन,’ उनले स्पष्ट पारे। अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा खर्च र शिक्षाजस्तै दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा स्रोतको विवेकपूर्ण प्रयोग आवश्यक रहेको औंल्याए।‘औसत आयु बढ्दो छ तर वृद्धभत्ता पाउने उमेर घटाउने अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ, यस्ता कदमले स्रोत व्यवस्थापनमा चुनौती थपिरहेका छन्,’ उनले भने। स्वास्थ्य बीमा कार्यक्रमको खर्चसमेत निरन्तर बढिरहेको  भन्दै उनले व्यवस्थापन नगरे थप समस्या निम्तिने चेतावनी दिए।

    बजेट प्रणालीमा संरचनात्मक कमजोरी रहेको स्वीकार गर्दै उनले त्यसको समाधानका लागि हस्तक्षेपकारी नीतिहरू ल्याउने तयारी भइरहेको जानकारी गराए। उनले आगामी वर्षको बजेट कार्यान्वयनमुखी र नतिजामुखी बनाइने उल्लेख गर्दै स्रोत अभावबीच योजनाको यथार्थ विश्लेषण गरेर मात्रै बजेट निर्माण गरिने बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend