images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • भारतमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा...

भारतमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द , शिक्षण संस्थाहरु बन्द

भारतमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द , शिक्षण संस्थाहरु बन्द

images
images
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौंः पाकिस्तानसँग तनाव बढेपछि भारतभर उच्च सतर्कता अपनाएको छ । ६ वटा राज्यमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । सरकारले सुरक्षा निकायहरू हाई अलर्टमा राखेको छ ।

    images
    images

    हिन्दुस्तान टाइम्सका अनुसार भारत सरकारले पन्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहारमा उच्च सतर्कता अपनाइएको छ ।

    यस्तै पन्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारन जस्ता सीमावर्ती जिल्लाका सबै स्कुल र कलेजहरुमा तीन दिन बिदा दिइएको छ । साथै भारत सरकारले देशभरका २७ विमानस्थलहरु बन्द गरेको छ ।

    images
    images

    भारत(पाकिस्तानबीच बढ्दो तनाव र भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’ पश्चात् विश्वप्रसिद्ध ऐतिहासिक धरोहर ताजमहलको सुरक्षालाई समेत उच्च सतर्कतामा राखिएको छ ।

    निगरानीका लागि ९ वटा चेकिङ बेरियर, ८ वटा बुलेटप्रुफ टोली र ६ वटा वाच टावरलाई सक्रिय बनाइएको छ ।

    ताजमहल वरपरका होटलहरूमा सुरक्षा प्रहरी, पर्यटन प्रहरी र ताजगञ्ज थानाको प्रहरीले आगन्तुकहरू माथि सोधपुछ र जाँच गर्ने गरेका छन् । आवतजावत गर्नेहरूको विवरण समेत संकलन गरिएको ताज सुरक्षा एसीपी सैयद अरीब अहमदले बताएका छन्। उनले भनेका छन्, ‘ताजमहलको सुरक्षा थप बलियो पारिएको छ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend