images

२०८३ आश्विन २५ गते

images
images
images

ग्रीन सिफ्ट परियोजनालाई ईयूको सहयोगमा १ करोड २० लाख अनुदान

ग्रीन सिफ्ट परियोजनालाई ईयूको सहयोगमा १ करोड २० लाख अनुदान

images
images
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
अर्थ समाचार
बिहिवार, आषाढ २० २०८१
  • काठमाडौं– युरोपियन युनियन (ईयू) ले क्रिएसन नेपालले सञ्चालन गरिरहेको ग्रीन सिफ्ट परियोजनालाई १ करोड २० लाख बराबरको अनुदान सहयोग दिने भएको छ ।

    images
    images

    क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान सहयोग ईयूले दिने भएको हो ।

    यूरोपिएन यूनियन (ईयू) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई उक्त अनुदान हस्तान्तरण गरिने छ 

    images
    images

    बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ प्लास्टिकजन्य फोहोरमैला उद्यम गरिरहेका निजी संस्थालाई मूल्याकंनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए । छनौट भएका उद्यमलाई २० लाखका दरले अनुदान प्रदान गरिनेछ ।

    ‘प्लास्टिकजन्य फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा काम गरिरहेका संस्थाहरूलाई सशक्त बनाउने उद्देश्यले अनुदान प्रदान गर्न लागिएको हो । प्राप्त अनुदान रकमबाट संस्थाले आफ्नो क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार तथा मेसिनरी उपकरणहरू खरिद गर्न सक्नेछन्,’ उनले भने ।

    क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्रले यस अनुदानले प्लास्टिकजन्य फोहोरमैला क्षेत्रमा काम गर्ने निजी उद्यमीहरूलाई संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग हुने विश्वास व्यक्त गरे । 

    क्रिएसन नेपालले ग्रीनसिफ्ट परियोजना चार वर्ष समयावधिका लागि ३ प्रदेशका ९ स्थानीय तहमा विभिन्न क्रियाकलाप  गरिरहेको छ । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनर छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend