images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • गलत सूचनाको विश्वास नगर्न राष्ट्रिय परीक्षा...

गलत सूचनाको विश्वास नगर्न राष्ट्रिय परीक्षा बोर्डको अनुरोध

गलत सूचनाको विश्वास नगर्न राष्ट्रिय परीक्षा बोर्डको अनुरोध

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्रश्न पत्र सार्वजनिक भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा फैलिएपछि बोर्डले यस्तो आग्रह गरेको हो। 

    images
    images

    बोर्डले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्न पत्र परीक्षा सुरु हुनु अगावै निश्चित विद्यालयका विद्यार्थीले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचनाको आधारमा जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवम् जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’’ 

    परीक्षा नियन्त्रकले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा यस्ता कार्यले विद्यार्थीको मनोभावनामा चोट पुर्‍याउने भएकाले यस्तो नगर्न अनुरोध गरिएको छ। विज्ञप्तिमा विषयवस्तुको आधिकारिकता पुष्टि नगरी सामाजिक सञ्जालमा नराख्न अनुरोध गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend