images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को परीक्षा आजदेखि, ५...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै

images
images
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौं । आज (आइतबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ। आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

    images
    images

    परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन्। बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। 

    देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ। 

    images
    images

    यस वर्ष जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा दिँदैछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँको केन्द्रबाट परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ। 

    कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपांगता भएका परीक्षार्थीका निम्ति यसक्रममा विशेष व्यवस्था गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । यस्तै, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन ।

    परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।

    “विगतका परीक्षाहरूमा परीक्षाको मर्यादा उल्लंघन गरी कारबाहीमा परेका व्यक्तिहरू (परीक्षा सम्बन्धी कुनै पनि जिम्मेवारीमा) नियुक्ति भएको पाइएमा जिल्ला परीक्षा समन्वय समितिले फेरबदल गर्न सक्ने व्यवस्था मिलाइएको,” परीक्षा नियन्त्रक शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडी लगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटर बाहेक) लैजान निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    “परीक्षाको मर्यादा विपरीत शिक्षक कर्मचारी निरीक्षक परीक्षाथीहरूबाट मोबाइल लगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामाग्रीहरूका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भंग गरेको ठानिने हुँदा सोबमोजिम कानुनी कारबाही भोग्नुपर्ने व्यहोराको जानकारी गराइएको,” विज्ञप्तिमा उल्लेख छ । यीबाहेक परीक्षा सम्बन्धित अरू केही व्यवस्था बोर्डले गरेको छ ।

    नेपालभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend